Senior Citizens Seminar -21 September 2019
- News
- Nov 7, 2019
- 1 min read
आज शनिवार सेप्टेम्बर २१ गते कोल्चेस्टर नेपाली समाजका का जेष्ट तथा वृद्ध बुबा आमाका लागी स्वस्थ सम्बन्धिका ज्ञान र जॉच तथा वेलायतका दैनिक रहन सहन साथै जनजीवनका बिषयमा आयोजित् गोस्टि बडो सफलतका साथ सम्पन्न भयो।
कार्यक्रमको प्रथम चरनमा सिएनयसका वर्तमान अध्यक्ष रिटार्यर् मेजर श्री उदय बहादुर गुरुङ एमविईज्यूले स्वागत मन्तव्य पस्चात् कोल्तेस्टरका वर्तमान स्थितीलाई मनन् गरि नेपालीहरूले वेलायती जीवन स्तर तथा व्यवहारमा ल्याउनुपर्ने र पालन गर्नुपर्ने अत्यावश्यक नियमहरूका साथै अनुसाशन र व्यवहारिक परिवर्तनका विषयहरूमा ध्यानाकर्षण गराउनु भयो।
तत्पश्चात कोल्चेस्टरका बहुपरिचित् डाक्टर जिपी श्री टॉसी गरूं एम् बि बि एस् ज्यूले मानिसमा सम्भवता लाग्न सक्ने रोगहरू विँशेष क्यानसरको बिषयमा बृष्तित् जानकारी दिनुभयो। वहॉले पुरूषमा विशेष बढि सम्भावित लाग्न सक्ने प्रेष्टेट् तथा महिलाहरूमा स्तान क्यान्सर र दुवैमा प्राय हुने फोक्सो र आन्द्रको क्यान्सरहरूको लक्षणहरू र रोकथामका उपयहरू साथै सतर्कताहरूका बिषयमा वर्णन गर्नुभयो।
हाम्रा अति सहयोगी र अनुभवी नर्स द्वय श्रीमति गीता गुरुङ तथा श्रीमति मसिना गुरुङयूले रक्तचाप जॉच गरि सवैलाई रक्तचापबाट सचेत् रहन र हृदयघातबाट सतर्कता हुन सुझावहरू दिनु भयो। यसै शिलसिलामा श्री फक्त बहादुर पुनज्यूले कार्यक्रम अति लाभदायक र परिपुरक भएको भन्दै अध्यक्षज्यू र डाक्टर र नर्सहरूलाई धन्यबाद् ज्ञ्यापन गर्नुभएको थियो।
अन्तमा सिएनयसका फुड् आईसि श्री रूविन गुरुङज्यूले वहॉको विसिष्ट टिमहरू चौमान गुरुङ, ओम्बा गुरुङ, नर गुरुङ, मिलन गुरुङ र जगदिश गुरुङ मातहतमा पकाईएको स्वादिष्ट मेसिंगका परिकारहरू पोर्क करि, चिकन् करि, गोट करि र भेज साथै सलाड् उपलब्ध गराउनु भएको थियो।
सम्पुर्ण उपस्थित सदस्यहरूका निमित्त सफ्ट ड्रिंक्स् र वियार साथै पानीको व्यवस्था हाम्रा अध्यक्षज्यूको तर्फबाट प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रममा झन्डै दिउसो ३ बजे सन्चालन गरि वेलुकी ६.१५ बजे समापन भएको थियो र यस कार्यक्रममा ६४ जना सदस्य महानुभावहरू सहर्ष उपस्थित हुनु भएको सुचित् गरिन्छ।
किरण गुरुङ
Treasurer
CNS



























Comments