top of page

बेलायतमा डा. महावीर पुनसँग कोलचेस्टर नेपाली समाजको अन्तरक्रिया कार्यक्रम

  • Writer: News
    News
  • Jun 6, 2022
  • 2 min read

ree

लन्डन ४ जुन २०२२ । कोलचेस्टर नेपाली समाजले बेलायत भ्रमणमा रहेका वैज्ञानिक डा. महावीर पुनसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।


समुदायका युवाहरूलाई लक्षित गरी सामाजिक उद्यमशीलता र नयाँ विषयवस्तुहरुको प्रवर्द्धनजस्ता विषयहरूमा उनीहरूसँग गहन छलफल गर्ने र संलग्नता गराउने उद्देश्यले ३१ मे २०२२ का दिन कार्यक्रम आयोजना गरिएको हो । अनुसन्धानकर्ता डा. महावीर पुनले सन् २०१८ मा नेपालमा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र (एनआईसी) को भिजन र मिशनबारे आफ्नो धारणा सहभागीसमक्ष राखे । उनले आफ्नो नयाँ विचारहरुलाई प्रवर्द्धन गरेर विश्वसामु परिचित गरी सबैसँग सहकार्य गर्न प्लेटफर्म तयार गरी प्रोत्साहित गर्ने उद्देश्य रहेको पनि बताए ।


उनले चन्द्रमा मानव अवतरणको उदाहरण दिँदै आफ्नो आविष्कार केन्द्र पनि देश विकासमा गति लिने क्रमको सानो कदम भएको बताए । उनले आगामी दिनमा हरेक मानिसलाई नयाँ नयाँ आविष्कारका लागि प्रेरित गर्न आफूले मापदण्ड र संस्कार स्थापित गरिरहेको दाबी गरे । डा पुनले आफ्नो देशको श्रमशक्ति देश बाहिर जाने क्रमले देशको आर्थिक वृद्धिमा टेवा नपुग्ने धारणा राखेको कोलचेस्टर नेपाली समाजका सचिव एवं ट्रस्टी मुक्ति लिम्बुले जानकारी दिए ।


नयाँ विचार भएका जोकोही भए पनि देशलाई आर्थिक समृद्धितर्फ लैजान सहयोग गर्नको लागि आग्रह गर्दै डा पुनले एनआईसीमा चलिरहेका आयोजनाहरूबारे जानकारी गराएका थिए ।


राष्ट्रिय आविष्कार केन्द्रमा देश विदेशमा रहेका सबै व्यक्तिहरूलाई सहभागी हुन र परियोजनाहरूमा लगानी गर्नका लागि खुला रहेको जानकारी डा पुनले गराए । अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट उच्च शिक्षा (स्नातकोत्तर) गरेका डा. पुन नेपालको म्याग्दी जिल्लाको आफ्नो गाउँ नांगीमा फर्किएर आफू हुर्केको ठाउँको समुदायको जीवनस्तर उकास्नेबारे नयाँ सोंचहरु खोज्दै थिए । उनले गरेका धेरै कामहरूमध्ये २००४ देखि २००६ सम्म वायरलेस प्रविधि प्रयोग गरेर दुर्गममा रहेका गाउँलेहरूलाई इन्टरनेटमार्फत जोड्ने कार्य प्रसिद्ध छन् ।


नेपालमा तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका कारण सरकारले वायरलेस प्रविधिमा प्रतिबन्ध लगाएको समयमा डा पुनले गोप्यरुपमा अमेरिका र युरोपका युनिभर्सिटी अन्डरग्रेजुएट्सको सहयोगमा इ–लर्निङ, ई–हेल्थकेयर, स्थानीय ई-वाणिज्य र सामुदायिक छलफलका विषयहरुमा काम गरिरहेका थिए । त्यसपछिका वर्षहरूमा डा पुनले समुदायका लागि गरेको कामहरुले धेरै प्रशंसा पायो । २००७ मा सामुदायिक विकासको लागि गरेको उच्च योगदानको कदरस्वरुप डा पुनले फिलिपिन्सबाट रोमन म्यागसेसे पुरस्कार प्राप्त गरे । जसलाई एसियाको नोबेल पुरस्कार पनि भनिन्छ।


उनले नेब्रास्का विश्वविद्यालयबाट मार्नाथ डक्टरेट उपाधि पनि प्राप्त गर्नुका साथै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र मान्यताहरु प्राप्त गरिसकेका छन् ।


ree

 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page