top of page

“विषय: तिहार (जुवा, त्रिपासा र खोरखोरे) कार्यक्रम सम्पन्न भएको प्रतिवेदन”

  • Writer: News
    News
  • Nov 14, 2025
  • 1 min read

Updated: Feb 20

प्रिय सदस्यहरू,


हामीले गत वर्ष योजना गरेअनुसार, यस वर्षको तिहार (जुवा, त्रिपासा र खोरखोरे) कार्यक्रम फस्टसाइटमा सफलतापूर्वक सम्पन्न गर्यौं। कार्यक्रमको सम्पूर्ण बन्दोबस्त हाम्रा फुड र प्रोपर्टी को-अर्डिनेटर डमर लिम्बु र भोकबिर लिम्बुले गरेका थिए।


डमर लिम्बु र भोकबिर लिम्बुले साँझ ४ बजेभित्र सबै तयारीहरू, पेयपदार्थ र व्यवस्थापन कार्य, पूरा गरी सदस्यहरूको प्रतीक्षा गरेका थिए। केहीबेरमै सदस्यहरू उपस्थित हुन थाले र रमाइलो माहोल सिर्जना भयो। करिब राति ८ बजेतिर अधिकांश सदस्यहरू सहभागी भइसकेका थिए, र तास, डाइस र खोरखोरेका खेलहरू उत्साहपूर्वक चलिरहेका थिए।


राति ९:५० बजेतिर कार्यक्रमको निर्धारित समय समाप्त हुन लागेकोले अन्त्यको संकेत दिइयो। त्यसपछि उपस्थित सदस्यहरूले मिलेर सर-सफाई सम्पन्न गरे र स्टुडियो १ र २ फस्टसाइटका स्टाफलाई बुझाएर ठीक १० बजे सबैजना आफ्ना घर फर्किए।


यस कार्यक्रमको मुख्य उद्देश्य हाम्रो नयाँ पुस्तालाई आफ्ना सांस्कृतिक चाडपर्वहरू कसरी मनाइन्छ भन्ने देखाउने र तिनलाई परम्परा निरन्तरता दिन प्रेरित गर्नु थियो। यसै अवसरमा सेन्ट माइकल टोलीले पनि हिजो घर-घरमा गएर देउसी भैलो खेलेर माहोललाई अझ रमाइलो बनाएका थिए।


हामी आशा गर्छौं कि हाम्रा भावी सन्तानहरूले यस सांस्कृतिक परम्परालाई निरन्तरता दिनेछन।


अन्तमा डमर र भोक बिर लिम्बुलाई ठुलो धन्यवाद दिंदै अहिलेलाई बिदा लिएँ।


धन्यवाद।


उदयबहादुर गुरुङ MBE

चेयर / ट्रस्टी

को. ने. सो.


 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page