''कोल्चेस्टर सिटी कार्निभल र फेयर २०२४”
- News
- Jul 14, 2024
- 2 min read
कोल्चेस्टर सिटी कार्निभल र फेयर २०२४ घमाइलो दिनको साथ एकदमै रमाइलो, उत्साह जनक बिबिध जातिका जनामानसले भाग लिएर राम्ररी सफल बनाई दिनु भएकोमा म अति आभारी छु। जुनै प्लान गरे पनि सेट अप र अन्त गर्ने पर्छ, त्यसको लागि म तल नाम लेखेका अभिन्न मित्र हरु लाइ धन्यवाद दिन चाहन्छु।
कर्ण बहादुर राना, चाम बहादुर पुन, दाम बहादुर पुन र लिलप्रसाद शेरचन आएर तम्बु टाँग्ने शुक्रबार १२ जुलाई मा रहिजो शनिबार १३ जुलाई मा स्टेज डेकोरेशन गरेर हेबेल्स (घाँसको मुठा) स्टेज अगाडी राखिदिने र मुक्ति लिम्बुलेकमुनिटी हरुको सुरुहुने ठाउँ हरुमा नम्बर टाँगेर ठुलो मद्दत पुर्याएर कार्निभल को शोभा बढाइदिनु भएकोमा यहांहरुलाई ठुलो धन्यवाद दिन चाहन्छु। तारा श्रीस ले आफ्नो भ्यान ल्याएर तम्बु हरु १२ जुलाई मा लाने र १३ जुलाई मा बेलुकीफर्काएकोमा ठुलो धन्यवाद दिनु चाहन्छु।
साथै एड्भाइजर क्याप्टेन उमेश कुमार पुन MVO र जो जो सदश्य हरु वहाँ को आह्वान मा आउनु भएर हाम्रा घरेलुसामान हरु बोकेर ल्याएर कार्निभल को शोभा बढाई दिनु भएको मा धन्यवाद दिन चाहन्छु। साथै महेश गुरुङ, धनभुजुवार, सकिन्द्रमान पुन र दुइ जना भान्जा हरुले कार्निभल सेफ्टी स्टिवार्ड गरेर कार्निभल को सुरक्छ्यामा टेवा पुर्याएरसफल बनाइ दिनु भएकोमा धन्यबाद दिन चाहन्छु।
मित्र गुरुङ, सुमन चौधरी, रुपा श्रेष्ठ ले दुइ दुइ वटा नाच देखाएर सबैलाई मुघ्द बनाएका थिए, त्यसको लागि ठुलोधन्यबाद दिन चाहन्छु।
आखिरीमा कार्निभल सके पछि डिसम्याँन्टल गर्नलाइ आखिरी सम्म बसेर तम्बु हरु फुकाल्ने, ब्यानर हरु झारेर मुठाबनाउने र हेबेल्स (घाँसको मुठा) हरुलाई थन्क्याइ दिनु भएकोमा एकदम आभारी छु। ति अभिन्न मित्र हरु कर्ण बहादुरराना, चाम बहादुर पुन, दाम बहादुर पुन, मित्र गुरुङ, सोनु तुलाचन, ओबिन्द्र चन्द ठकुरी, देबी चन्द ठकुरी, सुमन चौधरीर तारा श्रीस
हामि हरु लगभग २००० जना नेपाली हरु छौं हिजो ५० ६० जना मात्र आएका थिए। त्यसको मतलब नेपली हरुलाइडाइभर्स कम्युनिटीको अज्ञान भएको महसुस भयो। भबिश्यको डाइभर्स कम्युनिटीको मेलामा सक्दो सदह्स्य्हरुले भागलिनेछन भन्ने आशा गरेको छु। अरु देशका मानिसहरु प्रसस्त थिए तर नेपालीको संख्या एकदमै न्यून थियो।
एकपटक सबै भाग लिने व्यक्तिहरु लाई धन्यबाद दिंदै यहाँ हरुबाट बिदा लिएँ।
Udai B Gurung MBE
Chair/Trustee
CNS




Коментарі