गायिका सुनिताले कोलचेष्टरमा बनाइन् तीज गीतको म्यूजिक भिडियो
- News
- Jun 27, 2023
- 1 min read
नेपाली लिङ्कमे १८, २०२३

लन्डन । नेपालकी चर्चित गायिका सुनिता दुलालले बेलायत भ्रमणका क्रममा कोलचेष्टर पुगेर तीज गीतको म्यूजिक भिडियो बनाएकी छन् । श्रीमति कमला खत्रीको गीतमा दुलालले तीज गीत गाएकी हुन् ।
कोलचेष्टरको क्यासल पार्क गार्डेन्स्मा गत आइतबार म्यूजिक भिडियो छायांकन गरिएको थियो । लन्डनका चर्चित निर्देशक कुशल श्रेष्ठले छायांकन तथा निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा कोलचेष्टरवासी नेपाली महिलाले अभिनय गरेका छन् ।
समाजसेवी युवराज खत्रीकी श्रीमति कमलाले कोलचेष्टर नेपलिज सोसाइटीका अध्यक्ष तथा ट्रष्टी मेजर रि. उदयबहादुर गुरुङ एमबीइलाई अनुरोध गरेपछि अध्यक्ष गुरुङले कोलचेष्टर सिटी काउन्सिललाई पत्राचार गरेर काउन्सिलले छायांकनका लागि उक्त पार्कमा अनुमति दिएको थियो ।

छायांकनका क्रममा तीजको दर खाने, चेलीबेटीले आफ्नो माइती गएको लगायतका दृश्य कैद गरि सांझ ५ बजे समापन गरिएको थियो।

कोलचेष्टर नेपलिज सोसाइटीका अध्यक्ष तथा ट्रष्टी मेजर रि. उदयबहादुर गुरुङ एमबीइले नेपालकी चर्चित गायिकाको गीतमा आफ्नो क्षेत्रमा तीज गीतको म्यूजिक भिडियो बनेकोमा खुशी व्यक्त गर्दै टिमको सामूहिक प्रयासका बाबजुद प्रोजेक्ट सफल भएकोप्रति सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष गुरुङले आउंदो १५ सेप्टेम्बर, २०२३ मा उक्त म्यूजिक भिडियो सार्वजनिक गर्ने योजना रहेको बताए ।





Comments