top of page

''सांगीतिक साँझ - आइतबार १५ सेप्टेम्बर गोर्खा ब्रिटानिया''

  • Writer: News
    News
  • Sep 25, 2024
  • 1 min read

प्रिय दान बहादुर गर्बुजा पुन,


यहाँको बन्दोबस्तमा मिलाएको सांगीतिक साँझ भब्यताको साथ सम्पन्न भएकोमा यहाँलाई ठुलो धन्यवाद दिनचाहान्छु। साथै यहाँका अरु प्रोप्राइटर दाजु भाइहरुले दिनु भएको सेवा एकदमै टप क्लास रहेको थियो। यसमा रजति पनि ब्यतिहरु रमाउन आएका थिए वहांहरुको तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। यस्तो खालको रमाइलोहामीले बेला बखत राम्रा कलाकारहरु आएको बखतमा मिलाउनु एकदमै जरुरि स्पेसली हामी संगीत प्रेमीहरुकोलागि त्यसमा यहाँले मिलाएकोमा फेरी धन्यवादको पात्र हुनु भएको छ।


भबिष्यमा हामीले फेरि मिलाउनु परेमा कृपया गरेर चेयर/ट्रस्टी उसको अनुपस्थितिमा भाइस चेयर/ट्रस्टी लाई अवगतगराएर उनीहरुले कमिटिसंग सल्लाह गरे पछि मात्र ल्याउने व्यहोरा पनि यहाँ साथै अरु कसैले भविष्यमा मिलाएमासबैलाई अवगत गराउन चाहन्छु। साथै हाम्रा युबक हरुले पनि उनीहरुका युबक कलाकारहरु ल्याउने विचार पनि गरेकाछन्। उनिहरुलाई पनि यहि नियम लागु हुनेछ। यदि यो नियम लागु नगरेमा कोल्चेस्टरमा जसले पायो उसलेकलाकारहरु ल्याएर एकजनाको लागि फाइदा उठाउने छन्। यो चाहिं हामीले गर्नु दिनु भएन।


साथै हामीले पूर्व पश्चिमका कलाकारहरु सबैलाई मौका दिने प्रयास गर्नु पर्दछ।


हिजोको बन्दोबस्त एकदमै रमाइलो सौहार्दपुर्ण तरिकाले किरण सोल्टीले चलाउनु भएकोमा यहाँलाई पनि धन्यवाददिन चाहन्छु। साथै जति पनि भाईहरुले दिन भरि पकाउने  डेकोरेसन गरेर दोहोरि घर जस्तै देखाउने प्रयासलाई पनिधन्यवाद दिन चाहन्छु।


यहाँले अरुलाई मनोरंजन दिलाउनुको लागि गर्नु भएको अथक परिश्रम  यहाँले दिनु भएको Financial Contribution को लागि हामी समस्त मरोरंजन लिन आएका व्यक्तिहरुको तर्फबाट यहाँलाई एकदमै ठुलो धन्यवाददिन चाहन्छु। यसरि अरुको लागि आफ्नो गोजी बाट रकम निकाल्ने मान्छे हामीले कहिले पनि पाउँदैनौ त्यसको लागिपनि यहाँ धन्यबादको पात्र बन्नु भएको छ।


आखिरीमा मनोरंजन लिन आउनु भएको सबै जनालाई ठुलो धन्यबाद दिंदै आजलाई बिदा लिएँ।


धन्यबाद।


Udai B Gurung MBE

Chair/Trustee

CNS


ree

ree

ree

ree

ree

 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page